दक्षिणकालीमा ट्रक दुर्घटना हुँदा २ जना घाइते « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

दक्षिणकालीमा ट्रक दुर्घटना हुँदा २ जना घाइते


१८ भाद्र २०७९, शनिबार


काठमाडौँ । दक्षिणकालीमा ट्रक दुर्घटना भएको छ । दक्षिणकाली नगरपालिका-८ छैमलेको शीतलचोकमा बा.प्र.-०१-००४ क ०६३२ नम्बरको ट्रक दुर्घटना हुँदा २ जना घाइते भएको प्रहरीले जनाएको छ ।

फर्पिङबाट सिस्नेरी जाँदै गरेको ट्रक शुक्रबार राति साढे-८ बजे आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा दुई जना सख्त घाइते भएका हुन् ।

घाइते भएका दुवै जना पुरुषको उद्धार गरि मनमोहन अस्पताल फर्पिङमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

उनीहरू दुवै जनाको पहिचान नभएको प्रहरीको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस