नागरिकता विधेयक जस्ताको तस्तै पठाउनु राष्ट्रपतिको अपमान : वामदेव गौतम « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नागरिकता विधेयक जस्ताको तस्तै पठाउनु राष्ट्रपतिको अपमान : वामदेव गौतम


१७ भाद्र २०७९, शुक्रबार


काठमाडौँ । राष्ट्रियसभा सदस्य वामदेव गौतमले नागरिकता विधेयक जस्ताको तस्तै राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पठाउनु राष्ट्रपतिको अपमान हुने बताएका छन् । 

राष्ट्रियसभा बैठकमा नागरिकता विधेयकका सम्बन्धमा विधायन व्यवस्था समितिको प्रतिवेदनमाथि छलफलमा भाग लिँदै गौतमले राष्ट्रपतिले बुँदागत रूपमा उठाएका विषयलाई सम्बोधन गरेर मात्र विधेयक अघि बढाउनुपर्ने तर्क गरे ।

उनले प्रतिनिधिसभाले राष्ट्रपतिबाट फिर्ता भएको विधेयकलाई जस्ताको तस्तै पारित गरेर राष्ट्रपतिको अपमान गरेको जिकिर गर्दै राष्ट्रियसभाले सो विधेयकलाई विधायन समितिमा पठाउँदा आफू खुसी भएको बताए । तर विधायन समितिले पनि राष्ट्रपतिबाट उठाइएका विषयलाई सम्बोधन नगरेको उनको गुनासो थियो ।

राष्ट्रपतिले सन्देशमा उठाएका कुनै पनि बुँदा बेठिक नरहेको उनले बताए । उनले अङ्गीकृत नागरिकताका सवालमा सुधार गर्नुपर्ने बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस