चुनाव जित्ने सम्भावना भएकालाई सिफारिस गर्न माओवादीको सर्कुलर « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

चुनाव जित्ने सम्भावना भएकालाई सिफारिस गर्न माओवादीको सर्कुलर


१७ भाद्र २०७९, शुक्रबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रको बागमती प्रदेश कमिटीले आसन्न चुनावको लागि १३ वटै जिल्लाका सबै सङ्घ र प्रदेश निर्वाचन क्षेत्रका लागि प्रत्यक्ष र समानुपातिक उम्मेदवार छनोट गरेर पठाउन पालिका, संघरप्रदेश निर्वाचन क्षेत्र र जिल्लाहरूलाई निर्देशन दिएको छ।

बागमती प्रदेश कमिटीको विस्तारित बैठकले यस्तो निर्देशन दिएको प्रदेशका सचिव इन्द्रबहादुर थिङले जानकारी दिए। बैठकका निर्णय कार्यान्वयन गर्न भन्दै जारी गरेको सर्कुलरमा उम्मेदवार सकेसम्म सर्वसम्मत छनोट गर्न भनिएको छ।

नाम सिफारिस गर्दा पहिलो प्राथमिकता पार्टी प्रतिबद्धता, अनुशासन र सङ्गठनात्मक लगाव भएका र चुनाव जित्ने सम्भावना  भएका तर  यसअघि निर्वाचित नभएकाहरूलाई दिनुपर्ने सर्कुलरमा उल्लेख छ।

त्यस्तै अत्यन्तै विशिष्ट स्थिति बाहेक एक पटक समानुपातिकमा संसद भइसकेकाहरूलाई फेरि सिफारिस नगर्न समेत भनिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस