रोहित पौडेलको कप्तानीमा केन्याविरुद्ध नेपाल बलिङमा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

रोहित पौडेलको कप्तानीमा केन्याविरुद्ध नेपाल बलिङमा


१७ भाद्र २०७९, शुक्रबार


काठमाडौँ । केन्याविरुद्धको पहिलो एक दिवसीय खेलमा नेपालले सुरुआतमा बलिङ गरिरहेको छ ।

केन्याले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले बलिङ गर्ने भएको हो ।

केन्याविरुद्ध मैदान उत्रँदा नेपाल एक दिवसीय सिरिजमा सुखद सुरुआतको योजनामा हुनेछ । नेपाल एक दिवसीय सिरिज समेत आफ्नो बनाउन चाहन्छ ।

नेपालले यस अघि केन्याविरुद्धको पाँच खेलको टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज ३-२ ले जितेको थियो ।

यता, केन्या पनि नेपाललाई हराएर एक दिवसीय सिरिजमा विजयी सुरुआत गर्न चाहन्छ । टी-ट्वान्टीमा उत्कृष्ट प्रदर्शन गरेको केन्याविरुद्ध नेपाललाई सहज भने हुने छैन ।

केन्याविरुद्धको एक दिवसीय सिरिज नेपालले रोहित पौडेलको कप्तानीमा खेल्नेछ । नियमित टोलीका कप्तान सन्दीप लामिछानेको अनुपस्थितिमा उपकप्तान रहेका पौडेलले नेपालको कप्तानी गर्ने भएका हुन् ।

सन्दीप क्यारेबियन प्रिमियर लिगका लागि वेस्ट इन्डिज पुगिसकेका छन् ।

नेपालले घरेलु टोलीसँगको दोस्रो खेल शनिबार र तेस्रो खेल आगामी सोमबार खेल्नेछ ।

नेपालको प्लेईङ-११

अर्जुन साउद,आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी, पवन सरार्फ, मोहम्मद आदिल आलम, करण केसी, सोमपाल कामी, वसिर अहमद र साहब आलम

Tags :
प्रतिक्रिया दिनुहोस