डोटीबाट १२ जना जुवाडे पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

डोटीबाट १२ जना जुवाडे पक्राउ


१७ भाद्र २०७९, शुक्रबार


पक्राउ

डोटी । डोटीको जोरायल गाउँपालिका-२ मिल चौराहास्थित होटेलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कैलालीको चुरे गाउँपालिका-६ घर भएका २४ वर्षीय लोकेन्द्र साउदसहित १२ जना छन् ।

इलाका प्रहरी कार्यालय बुडरबाट खटिएको टोलीले उनिहरुलाई गएराति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

जुवा खालबाट प्रहरीले १ लाख २२ हजार नगद र ३ बुक तास बरामद गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस