सचिव बुर्लाकोटीको हप्काईपछि सिँचाइ सचिव राईले सच्याए बोलपत्रको बुँदा  « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सचिव बुर्लाकोटीको हप्काईपछि सिँचाइ सचिव राईले सच्याए बोलपत्रको बुँदा 


१७ भाद्र २०७९, शुक्रबार


काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव(जलस्रोत तथा सिँचाइ) सागर कुमार राईले बोलपत्रको बुँदा सच्याएका छन् ।

सुनकोसी मरिन डाइभर्सन मल्टी प्रपोज प्रोजेक्ट, सिन्धुली प्रोजेक्टको बोलपत्रमा स्पेसिफिकेसनमै मिलेमतोको हुन सक्ने आशङ्का पछि सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मधुसूदन बुर्लाकोटीले उल्लेखित एउटा बुँदा सच्याउन भनेका थिए । बोलपत्रको अनुभव सम्बन्धी एउटा बुँदामा ठेकेदार कम्पनीले आउट अफ होम कन्ट्री काम गरेको हुनुपर्ने बुँदालाई हटाउन भनिएको थियो  । 

सार्वजनिक खरिद अनुगमन कार्यालयको ध्यानाकर्षणपछि बोलपत्रमा उल्लेखित बुँदा सच्याएर सूचना प्रकाशन भएको विभागका महानिर्देशक सुशिलचन्द्र आचार्यले सकारेका छन् । ‘सच्याएर हिजै सूचना प्रकाशित भई सकेको छ’, महानिर्देशक आचार्यले भने । 

कार्यालयले सच्याउन भनेको बुँदाको विषयमा छलफल गर्न भन्दै सचिव राई मङ्गलवार ताहाचलस्थित खरिद अनुगमनको कार्यालयमा पुगेका थिए । सुरुमै झक्काझक्की चलेपछि उनी उठेर हिँडेका थिए । 

सम्बन्धित समाचार :  सचिवबिच झण्डै कुटाकुट, ठेक्काबारे आरोप-प्रत्यारोप !

केही समययता सार्वजनिक खरिद अनुगमन कार्यालयले ठेक्कामा हुँदै आएको र हुनसक्ने मिलेमतोमा कडाइका साथ निगरानी राखेपछि धेरै सरकारी अधिकारी तथा निर्माण कम्पनीहरूको सातो गएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस