राष्ट्रिय सभा बैठक : आज पनि नागरिकता विधेयकमाथि छलफल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रिय सभा बैठक : आज पनि नागरिकता विधेयकमाथि छलफल


१७ भाद्र २०७९, शुक्रबार


काठमाडौा । नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको छलफल राष्ट्रियसभाको शुक्रबार पनि जारी रहने भएको छ।

राष्ट्रियसभाको बैठकमा नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा विधायन व्यवस्थापन समितिको प्रतिवेदन बिहीबार पेश भएको थियो।

बिहीबारको बैठकमा सांसदको बोल्ने क्रम नसकिएकाले शुक्रबारको बैठकमा पनि छलफल जारी रहनेभएको हो। अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक शुक्रबार दिउँसो ३ बजे बस्नेगरी बोलाएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस