६ महिनामै फेरिए कोसी अस्पतालमा कार्यरत मेसु « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

६ महिनामै फेरिए कोसी अस्पतालमा कार्यरत मेसु


१६ भाद्र २०७९, बिहिबार


काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोसी अस्पताल विराटनगरको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) ६ महिनामै परिवर्तन गरेको छ । मन्त्रालयले निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. यज्ञ खरेललाई हटाएर डा.लक्ष्मीनारायण यादवलाई निमित्त मेसुको जिम्मेवारी दिएको हो ।

४ फागुनदेखि डा.खरेलले निमित्त मेसुको जिम्मेवारी पाएका थिए । बुधबार यादवलाई निमित्त मेसु तोकेको मन्त्रालयले खरेललाई सोही अस्पतालमा जिम्मेवारी दिएको छ ।

कोसी अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा ११औँ तहको दरबन्दी छ । ६ महिनामा फेरिएका खरेल र यादव दुवै १०औँ तहका हुन् । मेसुको जिम्मेवारी पाएका यादव वरिष्ठ कन्सलटेन्ड फिजिसियन हुन् ।

यसअघि कोसीमा यजुनिरलाई मेसु नियुक्त गरेको भन्दै अस्पतालका सिनियर चिकित्सकले असन्तुष्टि जनाएपछि ६ महिनामा नै मेसु परिवर्तन गरेको मन्त्रालय स्रोतले जनाएको छ ।

यादव र खरेल दुवै दसौँ तहको भए पनि यादव अस्पतालका सिनियर चिकित्सक हुन् । उनले बिहीबार नै जिम्मेवारी सम्हालेका छन् । उनी २०७१ सालदेखि कोसी अस्पतालमा कार्यरत रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस