लौरो अभियानद्वारा सक्किगोनिका ‘सिते बा’सहित  प्रतिनिधिसभाका ९ उम्मेदवार घोषणा « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

लौरो अभियानद्वारा सक्किगोनिका ‘सिते बा’सहित  प्रतिनिधिसभाका ९ उम्मेदवार घोषणा


१६ भाद्र २०७९, बिहिबार


काठमाडौँ । स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियानले प्रतिनिधिसभाका ९ उम्मेदवार घोषणा गरेको छ । बिहीबार सुमन सायमीको नेतृत्वमा अभियान घोषणासँगै उम्मेदवारहरू सार्वजनिक गरिएको हो ।

जसअनुसार काठमाडौँ-५ मा मधुसूदन पाठक ‘सिते बा’, काठमाडौँ-८ मा सुमन सायमी र काठमाडौँ-९ मा विद्या श्रेष्ठको नाम घोषणा गरेको छ ।

भक्तपुर-२ मा दरोस्तभ लोकेन्द्र, कास्की-२ मा शिरीष गुरुङ, रौतहट-१ मा राहुल मिश्र, रुपन्देही-५ मा भीष्म राना र उदयपुरमा गजेन्द्र महतलाई उम्मेदवारका रूपमा अघि सारेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस