मिटर व्याजीको विरोधमा किसानहरू हलो जुवासहित सडकमा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

मिटर व्याजीको विरोधमा किसानहरू हलो जुवासहित सडकमा


१६ भाद्र २०७९, बिहिबार


काठमाडौँ । मिटरब्याजबाट पीडित भएकाहरूलाई न्याय दिन माग गर्दै काठमाडौँमा प्रदर्शन भएको छ ।

मिटर व्याजबाट पीडित भएका किसान तथा मजदुरसमेतको सहभागितामा प्रदर्शन भएको हो ।

प्रदर्शनमा किसानहरू हलो जुवासहित सहभागी छन् । उनीहरूले काठमाडौँको माइतीघरदेखि प्रधानमन्त्री निवास बालुवाटारसम्म प्रदर्शन गर्ने बताएका छन् ।

मिटर व्याजीका कारण घरबार विहीन हुँदा पनि सरकारले आफूहरूलाई न्याय नदिएको भन्दै उनीहरूले प्रदर्शन गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस