२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खाद्यान्नमा प्रतिकिलो ५ रुपैयाँ छुट दिने प्रस्ताव, च्याङ्ग्रा ल्याउन खटिए सहायक स्तरका कर्मचारी

अ+ अ-

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैँ सहुलियत पसलमा खाद्य वस्तुमा ५ रुपैयाँ छुट प्रस्ताव गरेको छ । कम्पनीको बैठकले खाद्यान्नमा उपभोक्तालाई यो वर्ष प्रतिकिलो ५ रुपैयाँ छुट दिने प्रस्ताव मन्त्रालयमा पठाइएको कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले बताए ।

यस्तो छुट दाल, चामल, गेडागुडी, कम्पनीले खरिद गर्ने खसी, बोका र च्याङ्ग्रामा पनि पाइने छ । सहुलियत पसल सञ्चालन मिति, उपभोक्तालाई दिइने छुट र खसी तथा च्याङ्ग्राको प्रबन्धबारे मन्त्रालयलाई पत्राचार गरिएको खनालले बताए ।

गत वर्ष खसी र च्याङ्ग्रा खरिद गर्दा प्रतिकिलो १० र नुन प्रतिकिलोमा दुई रुपैयाँ छुट दिइएको थियो । यस्तै चामल, दाल, चिउरा र आँटामा प्रतिकिलो पाँच रुपैयाँ छुट दिइएको थियो भने तोरी र सनफ्लावरको तेलमा प्रतिलिटरमा ५ रुपैयाँ र भटमासको तेलमा लिटरमा १० रुपैयाँ छुट दिइएको थियो ।

यस वर्ष जसरी पनि च्याङ्ग्रा ल्याउन पहल भइरहेको पनि उनले बताए । एक हजार च्याङ्ग्रा ल्याउनका लागि एक जना सहायक स्तरका कर्मचारी र मुस्ताङका कार्यालय प्रमुख खटिएको उनले बताए । यो वर्ष खाद्यले २ हजार खसी-बोका र एक हजार च्याङ्ग्रा खरिदका लागि ६ करोड ४० लाख रुपैयाँ बजेट छुट्ट्याएको छ ।

यो वर्ष पनि साबिककै जस्तै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले काठमाडौँमा रामशाहपथ, थापाथली, नख्खु र केन्द्रीय कार्यालयमा सहुलियत पसल सञ्चालन गर्ने छ । अन्य ३९ पसल उपत्यका बाहिरका ४० जिल्लामा सञ्चालनमा आउने छ ।

यस्तै साल्ट ट्रेडिङले पनि संयुक्त र बेग्ला बेग्लै रूपमा देशभर सहुलियत पसल सञ्चालन गर्ने छ । गत वर्ष उपत्यकासहित देशभर ३८ वटा स्थानमा साल्टले सहुलियत पसल सञ्चालन गरेको थियो ।