वडाध्यमाथि आक्रमण « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

वडाध्यमाथि आक्रमण


१५ भाद्र २०७९, बुधबार


बागलुङ । बरेङ गाँउपालिका ३ बाटाकाचौरका वडाध्यक्ष शेरबहादुर खनालमाथि आक्रमण भएको छ।

आक्रमणबाट खनालको दायाँ हात, खुट्टा र कानमा चोट लागेको छ।

बाटाकाचौर स्थित शारदा माध्यमिक विद्यालयमा परिचयपत्र वितरणमा मंगलबार खटिएको टोलीमाथि स्थानीय मनबहादुर पुनले आक्रमण गरेको हो ।

विद्यालयको कोठाबाट सेवा दिइरहेको अवस्थामा पुनले अपशब्द प्रयोग गर्दै लात्तीले ढोका फोडेर आफूमाथि आक्रमण गरेको अध्यक्ष खनालले बताए। सेवाग्राही सहज रूपमा सेवा प्रदानका लागि समूह परिचयपत्र वितरण गरिरहेका बेला एक्कासी आक्रमण गरेको उनको भनाइ छ ।

परिचयपत्र बनाउन पुगेका पुनले आवश्यक कागजात नलिईकन गएको र वडा अध्यक्षले पूरा कागज ल्याउन भनेपछि उनी आक्रोशित भएर एक्कासी आक्रमणमा उत्रिएको प्रत्यक्षदर्शीले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस