सुर्खेतमा तीजको नाच हेर्नेक्रममा झडप हुँदा १ युवाको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सुर्खेतमा तीजको नाच हेर्नेक्रममा झडप हुँदा १ युवाको मृत्यु


१५ भाद्र २०७९, बुधबार


सुर्खेत । तीजको नाच हेर्ने क्रममा झडप हुँदा सुर्खेतमा एक जनाको मृत्यु भएको छ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० पठानटोलमा झडप भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। प्रहरीका अनुसार झडपको क्रममा ढुंगा प्रहारबाट २० वर्षीय रोशन जीसीको गएराति मृत्यु भएको हो।​

कुटपिटबाट घाइते भएका जिसीलाई अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ। त्यस्तै घटनास्थलबाट अस्पताल लैजाने ट्याक्सी ड्राइभरलाई पनि नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ गरीरहेको प्रहरीको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस