सुटिङका लागि नेपाल आउँदै सलमान खान  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सुटिङका लागि नेपाल आउँदै सलमान खान 


१४ भाद्र २०७९, मंगलबार


काठमाडौँ । दक्षिण भारतीय सुपरस्टार अभिनेता चिरञ्जीवी र बलिउड सुपरस्टार सलमान खानको अभिनय रहने फिल्म  ‘गडफादर’को सुटिङ नेपालमा हुने भएको छ । 

फिल्म युनिटका एक सदस्य राजेन्द्र घिमिरेले फिल्मको छायाङ्कन जोमसोम आसपासका स्थानमा हुने जानकारी दिए । घिमिरे नेपाली मूलका हुन् ।

फिल्ममा चिरञ्जीवीको मुख्य भूमिका रहने छ, भने सलमान खानले उनको भाइको भूमिकामा अभिनय गर्नेछन् । फिल्ममा नयनताराको पनि मुख्य भूमिका रहनेछ । 

घिमिरेका अनुसार चिरञ्जीवी, सलमान र नयनतारा सहित फिल्म युनिट आगामी सेप्टेम्बरमा नेपाल आउनेछन् । फिल्मको निर्माण टिमको एक टोली नेपाल आएर केही पहिले सुटिङ गर्न चाहेको जोमसोम क्षेत्रको अवलोकन गरिसकेको छ । टिममा घिमिरे समेत रहेका थिए ।

घिमिरे ‘गडफादर’ का लाइन प्रोडुसर  समेत हुन् ।  फिल्मका लागि चिरञ्जीवी र सलमान दुवै एकै समय नेपाल आउने घिमिरेले जनाकारी दिए । केही अगाडि चिरञ्जीवीको जन्मदिन पारेर ‘गडफादर’ को टिजर समेत सार्वजनिक गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस