अवैध संरचना भत्काउन आज यी क्षेत्रमा पुग्दैछ महानगर प्रहरी « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

अवैध संरचना भत्काउन आज यी क्षेत्रमा पुग्दैछ महानगर प्रहरी


१४ भाद्र २०७९, मंगलबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरभित्रका अवैध संरचना भत्काउने अभियान सुरु गरेसँगै नगर प्रहरीको टोलीले पूर्ण सहयोग गर्दै आएको छ । आज पनि नगर प्रहरीको टोली तोकिएको कार्यक्षेत्रमा जानका लागि तयारी अवस्थामा रहेको छ ।

नक्सापासविपरीत भइरहेको अन्डरग्राउन्डको व्यापारिक प्रयोजन हटाउन आज फिल्डमा खट्ने टोली हिजो (सोमबार)देखि नै तयारी अवस्थामा रहेको थियो ।

हिजो महानगरले वडा नम्बर २४ न्युरोनस्थित विशाल बजारलाई २४ घण्टे अल्टिमेटम दिएको थियो । २४ घण्टाभित्र नक्सापाससहित वडामा उपस्थित नभए नक्सापासविपरीत गतिविधि भएको ठहर हुने नगर प्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेले बताएका थिए ।

सोही अनुसार आज नगर प्रहरीको टोली विशाल बजारसहित वडा नम्बर २२ का व्यापारिक कम्प्लेक्समा रहेका अवैध संरचना हटाउने तयारीमा रहेको छ ।

सोमबार महानगरले न्युरोनस्थित बी एण्ड बी कम्प्लेक्स, सुरज अर्केड, रूप फेसन, महर्जन कम्प्लेक्स, वसन्तपुर प्लाजा, बिरा कम्प्लेक्स र माछापुच्छ्रे बैङ्क न्युरोड शाखामा अपरेसन गरेको थियो ।  

भदौ ६ गतेदेखि सुरु भएको अवैध संरचना हटाउने अभियानमा घरधनी र व्यापारीलाई जानकारी नै नदिएर महानगरको टोली पुग्ने गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस