ग्रीजमनको एक गोलमा एट्लेटिको विजयी « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

ग्रीजमनको एक गोलमा एट्लेटिको विजयी


१४ भाद्र २०७९, मंगलबार


काठमाडौँ । एन्टोनी ग्रीजमनको एक मात्र गोल मद्दतमा एट्लेटिको मड्रिडले स्पानिस ला लिगामा भ्यालेन्सियालाई १-० ले पराजित गरेको छ ।

भ्यालेन्सियाको घरेलु मैदानमा भएको खेलमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका ग्रीजमनले ६६औं मिनेटमा थोमस लेमारको पासमा गोल गरे । उनी ६४औं मिनेटमा जिफ्रे कोन्डोगबियाको स्थानमा मैदान प्रवेश गरेका थिए र दुई मिनेटपछि नै गोल गरे ।

२३औं मिनेटमा भ्यालेन्सियाका योनुस मुसाहले गोल गरे पनि भिएआरले मान्यता दिएन ।

यस सिजन दोस्रो जित निकालेको एट्लेटिको तीन खेलबाट ६ अंकसहित छैटौं स्थानमा उक्लेको छ । भ्यालेन्सिया ३ अंकसहित १४औं स्थानमा छ । यस सिजन शतप्रतिशत जितसहित रियल मड्रिड र रियल बेटिस क्रमश पहिलो र दोस्रो स्थानमा छ ।

Tags :
प्रतिक्रिया दिनुहोस