प्रहरी महानिरीक्षकको जिम्मेवारी सहकुल थापालाई « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

प्रहरी महानिरीक्षकको जिम्मेवारी सहकुल थापालाई


१३ भाद्र २०७९, सोमबार


काठमाडौँ । कार्यबाहक प्रहरी महानिरीक्षकको जिम्मेवारी एआईजी सहकुल थापाले पाएका छन् । प्रहरी महानिरीक्षक धीरज प्रताप सिंहले विश्वभरका प्रहरी प्रमुखहरुको सम्मेलनमा जानुअघि थापालाई कार्यबाहक जिम्मेवारी दिएका हुन् ।

सोमबार साँझ आईजीपी सिंह अमेरिका प्रस्थान गरेका छन् । अमेरिकामा संयुक्त राष्ट्रसंघको सदस्य राष्ट्रका प्रहरी प्रमुखहरुको सम्मेलन हुँदैछ । अगस्ट ३१, सेप्टेम्बर १ र २ मा आयोजना हुने सम्मेलनमा आईजीपी सिंह सहभागी हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

संयुक्त राष्ट्रसंघले आयोजना गरेको सम्मेलनमा सहभागी हुन शसस्त्र प्रहरी बलका प्रमुख राजु अर्याल पनि अमेरिका प्रस्थान गरेका छन् । नेपाल प्रहरीमा यसअघि जुनियर एआईजीले पनि कार्यबाहक पाउने प्रचलन थियो । तर, यसपटक सिंहले सो त्रुटी सच्याएर बरिष्ठ एआईजीलाई कार्यबाहकको जिम्मेवारी दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस