राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री देउवा शीतल निवासमा « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री देउवा शीतल निवासमा


१३ भाद्र २०७९, सोमबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई छलफलका लागि बोलाएकी छिन् । राष्ट्रपतिले बोलाएपछि सोमबार दिउँसो प्रधानमन्त्री देउवा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित काँग्रेस पदाधिकारी लिएर शीतल निवास पुगेका हुन् ।

प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार काँग्रेस उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्री गगन थापा पनि शीतल निवास पुगेका छन् ।

पछिल्लो समय सन्देशसहित फिर्ता पठाएको नागरिकता विधेयक कुनै छलफल नगरी प्रतिनिधिसभामाबाट पारित भएपछि राष्ट्रपति सरकारसँग असन्तुष्ट रहेको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस