उम्मेदवार छान्न चुनाव नगर्न ओलीको निर्देशन « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

उम्मेदवार छान्न चुनाव नगर्न ओलीको निर्देशन


१३ भाद्र २०७९, सोमबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहमतिकै आधारमा प्रदेश र प्रतिनिधिसभाको उम्मेदवार छान्न निर्देशन दिएका छन् ।

आइतबार निर्वाचन परिचालन समितिको बैठकमा उनले एउटा क्षेत्रका लागि सहमतिमै तीन जना उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन दिएका हुन् ।

तीन जनाको नाममा सहमति हुन सकेन भने पनि बरु सबै आकाङ्क्षीको नाम सङ्घमा पठाउन भन्दै ओलीले निर्देशन दिएका छन्, ‘तर क्षेत्रमै चुनाव नगर्नु ।’

बैठकमा अध्यक्ष ओलीले चुनाव गर्दा गुटबन्दी मौलाएको र पराजित उम्मेदवारले अर्को उम्मेदवारलाई चुनावमा सहयोग नगरेको उदाहरण गत वैशाखमा सम्पन्न स्थानीय तह चुनावमा पनि देखिएको भन्दै चुनावबाट उम्मेदवार नछान्न निर्देशन दिएका हुन् ।

उनले गठबन्धनका विरुद्ध एक्लै लड्नुपर्ने भएकाले आफ्नै कमरेडहरूले निर्वाचन क्षेत्रमै मन दुखाउन पर्ने स्थिति आउन दिन नहुने बताए । एमाले आउँदो २२ गतेभित्रमा प्रदेश तथा प्रतिनिधिसभाका उम्मेदवार सिफारिस गर्न तल्ला कमिटीहरूलाई निर्देशन दिएको छ । एमालेले अध्यक्ष ओलीको संयोजकत्वमा ४५१ सदस्यीय निर्वाचन परिचालन कमिटी बनाएको छ । परिचालन कमिटीबाट ३४ सदस्यी केन्द्रीय सचिवालय गठन गरेको एमालेको यही सचिवालयले उम्मेदवारको अन्तिम सूचि तयार पार्ने जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस