नारायणी पुलबाट हाम फालेर युवक बेपत्ता « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

नारायणी पुलबाट हाम फालेर युवक बेपत्ता


१२ भाद्र २०७९, आइतबार


काठमाडौँ । चितवनमा नारायणीको पुलबाट नदीमा हाम फालेर एक पुरुष बेपत्ता भएका छन् । प्रहरीका अनुसार बागमती प्रदेश ०३-०३ प ५९२६ नम्बरको स्कुटर पुलमै रोकेर ती युवक साँझ ५ : ३० बजे नदीमा हाम फालेका हुन् ।

उनी हाम फालेको थाहा पाउनेवित्तिकै प्रहरीले खोजी सुरु गरेको थियो । तर उनको अवस्था पत्ता नलागेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । एक साता अघि पनि नारायणी पुलबाट एक युवती नदीमा हाम फालेकी थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस