कर्मचारी सञ्चय कोषको भवन नक्सा पासविनै निर्माण « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

कर्मचारी सञ्चय कोषको भवन नक्सा पासविनै निर्माण


१२ भाद्र २०७९, आइतबार


 काठमाडौँ । सुनधारास्थित काठमाडौँ मलको भवन नक्सा पासविनै बनाएको पाइएको छ । काठमाडौँ महानगरले बुधबार मात्र मल अगाडिका अवैध संरचना डोजर लगाएर भत्काएको थियो ।

कर्मचारी सञ्चय कोषको उक्त भवनमा नक्सा पास, भवन निर्माण इजाजत र पार्किङ नै नभएको पाइएपछि आज महानगर र कोष दुई पक्ष बसेर छलफल भएको छ ।

पुल्चोकस्थित केन्द्रीय कार्यालयमा कोषसँग छलफल भएको बताउँदै नगर प्रहरीका उपरीक्षक राजु पाण्डेले कोषले पार्किङका लागि भवन खुला गराउन सहमति जनाएको बताए ।

दुई तला पार्किङ खुला गर्ने र त्यसपछि महानगरले नक्सा पास र भवन इजाजतको अनुमतिको लागि प्रक्रिया थाल्ने सहमति भएको पाण्डेले जानकारी दिए ।

मलले २०५७ सालमा पेस गरेको नक्सा अनुसार महानगरले नक्सा पासको प्रक्रिया थालिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस