पर्सा जिप्रकामा बिहान प्रतिलिपि नागरिकतासम्बन्धी सेवा प्रवाह « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पर्सा जिप्रकामा बिहान प्रतिलिपि नागरिकतासम्बन्धी सेवा प्रवाह


१२ भाद्र २०७९, आइतबार


वीरगञ्ज । पर्सा जिल्ला प्रशासन कार्यालयले दैनिक बिहान ७ बजेदेखि १० बजेसम्म प्रतिलिपि नागरिकतासम्बन्धी सेवा प्रवाह गर्न थालेको छ ।

यसअघि कार्यालय समयमै सबै सेवा प्रवाह हुँदा सेवाग्राहीको भिडभाड बढेर अव्यवस्थित भएको भन्दै उक्त कामका लागि बिहानी सेवा सुरु गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

प्रतिलिपि नागरिकताका सेवाग्राहीको सङ्ख्या बढेर समयमै प्रतिलिपि प्राप्त गर्न नसकेको गुनासो बढ्दै गएपछि बिहानीको समय मिलाइएको उनको भनाइ थियो ।

अब सार्वजनिक बिदाको दिनबाहेक बिहान ७ बजेदेखि १० बजेसम्म प्रतिलिपि नागरिकतासम्बन्धी सेवा प्रवाह हुनेछ । सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलका अनुसार गत भदौ ९ गतेसम्म कार्यालयमा अनुसूची फाराम पेश गरेका तर प्रतिलिपि नागरिकता प्राप्त गर्न नसकेका सेवाग्राहीका लागि उक्त सेवा मिलाइएको हो ।

यो सेवा यही भदौ १६ गतेसम्म जारी रहने भए पनि सेवाग्राही बढ्दै गए विस्तार गर्न सकिने जानकारी गराइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस