विद्यालय कर्मचारी परिषद्ले गर्‍यो देशभरिका सामुदायिक विद्यालयमा तालाबन्दी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

विद्यालय कर्मचारी परिषद्ले गर्‍यो देशभरिका सामुदायिक विद्यालयमा तालाबन्दी


१२ भाद्र २०७९, आइतबार


काठमाडौँ । विद्यालय कर्मचारी परिषद्ले देशभरका सामुदायिक विद्यालयमा तालाबन्दी गरेको छ ।

विभिन्न जिल्लामा तालाबन्दी भएको र उपत्यकामा पनि तालाबन्दी गरिरहेको परिषद्ले जनाएको छ ।

परिषद्का महासचिव शान्तिनाथ योगीका अनुसार उपत्यकाको विद्यालय तालाबन्दी गर्नको लागि ४१ सदस्यीय समिति गठन भएको छ । उनले भने, ‘जिल्लामा साथीहरूले तालाबन्दी गरिसक्नु भएको छ । उपत्यकाका विद्यालय बन्द गर्न अनुरोध गरेका छौँ । त्यसको अनुगमन गर्न ४१ सदस्यीय समिति गठन गरेर बन्द नभएका विद्यालयमा ताला लगाउँछौ ।’

जबरजस्ती ताला लगाउँदा उत्पन्न हुने परिस्थितिको जिम्मेवार सरकारले लिनुपर्ने उनको भनाइ छ ।

सरकारले तलबमा विभेद गरेको भन्दै विद्यालय कर्मचारीहरू यही भदौ १ गतेदेखि आन्दोलित हुँदै आएका छन् । उनीहरूको माग सम्बोधन नभएसम्म निरन्तर आन्दोलन गर्ने अडान लिँदै आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस