पर्यटक भिसामा खाडी मुलुक जान लागेका १९७ जना नियन्त्रणमा « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

पर्यटक भिसामा खाडी मुलुक जान लागेका १९७ जना नियन्त्रणमा


१२ भाद्र २०७९, आइतबार


काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले पर्यटक भिसामा खाडी मुलुक जान लागेका १९७ लाई नियन्त्रणमा लिएको छ ।

यही भदौ ८ देखि ११ गतेसम्म विभिन्न एयरलाइन्सको उडानद्वारा पर्यटक प्रवेशाज्ञा लिई खाडी मुलुकतर्फ प्रस्थान गर्न लागेका उनीहरूलाई विमानस्थलको प्रस्थान क्षेत्रबाट नियन्त्रणमा लिएको विमानस्थल सुरक्षा कार्यालयले जानकारी गराएको छ ।

विमानतर्फ प्रस्थान गर्ने क्रममा जाँच गर्दा उनीहरूको हवाइ यात्रा अनुमति कागजात शङ्कास्पद देखिएकाले नियन्त्रणमा लिएको जनाइएको छ।

नियन्त्रणमा लिइएकामा १०३ महिला र ९४ पुरुष छन्। उनीहरूलाई आवश्यक अनुसन्धानका लागि प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो, बबरमहलमा बुझाएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस