राष्ट्रियसभाको बैठक बस्दै, के छ कार्यसूची ? « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

राष्ट्रियसभाको बैठक बस्दै, के छ कार्यसूची ?


१२ भाद्र २०७९, आइतबार


काठमाडौँ । आज राष्ट्रियसभाको बैठक बस्दै छ । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे सुरु हुनेछ ।

बैठकको सुरुमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनर्विचारका लागि फिर्ता पठाइएको नागरिकता विधेयकका सम्बन्धमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको व्यहोरा जानकारी गराउने सम्भावित कार्यसूची छ ।

त्यसपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा जानकारी गराइने छ ।

यस्तै, राष्ट्रियसभाका सचिव फुयाँलले प्रतिनिधिसभामा उत्पत्ति भई सो सभाबाट पारित भएका ‘बिमा विधेयक, २०७५, ‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६, ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६, सम्बन्धी प्रतिनिधिसभाबाट प्राप्त सन्देशहरू र राष्ट्रियसभाले पारित गरी प्रतिनिधिसभामा पठाइएको’ सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक, २०७६, लाई प्रतिनिधिसभाले संशोधनसहित फिर्ता पठाएको सन्देश सभासमक्ष टेबुल गर्नेलगायत सम्भावित कार्यसूची छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले योगमाया आयुर्वेधिक विश्वविद्यालय विधेयक २०७९ माथि प्रतिनिधि सभामा संशोधन भएको उपर विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

Tags :
प्रतिक्रिया दिनुहोस