निजामती सेवा दिवसमा हुप्सेकोटमा स्वास्थ्य शिविर सुरु « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

निजामती सेवा दिवसमा हुप्सेकोटमा स्वास्थ्य शिविर सुरु


११ भाद्र २०७९, शनिबार


कावासोती । निजामती सेवा दिवसको अवसर पारेर पूर्वी नवलपरासीको हुप्सेकोटमा तीन दिने स्वास्थ्य शिविर सुरु भएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र निजामती कर्मचारी अस्पतालको आयोजनामा सुरु भएको शिविरमा करिब पाँच हजार बिरामीले सेवा लिने जनाइएको छ ।

शिविरमा निजामती कर्मचारी अस्पताल काठमाडौँ र भरतपुर अस्पताल चितवनका ५० बढी चिकित्सक तथा स्वास्थ्यकर्मीले सेवा दिने निजामती कर्मचारी अस्पताल काठमाडौँका आर्थिक तथा प्रशासन विभाग प्रमुख कृष्ण सापकोटाले बताए ।

सापकोटाका अनुसार शिविरमा स्त्री तथा प्रसूति, हाड जोर्नी, छाला, पेट, दन्त, नाक, कान, घाटी, मुटु तथा रेडियोलोजी सम्बन्धी सेवाहरू निःशुल्क उपलब्ध हुनेछ ।

सो शिविरको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्का कार्यालयका सचिव मधुकुमार मरासिनीले शुक्रबार उद्घाटन गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस