चिकित्सकहरूको राष्ट्रिय परिचय पत्र सङ्घको कार्यालयबाट बनाइने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

चिकित्सकहरूको राष्ट्रिय परिचय पत्र सङ्घको कार्यालयबाट बनाइने


१० भाद्र २०७९, शुक्रबार


काठमाडौँ । चिकित्सकहरूले नेपाल चिकित्सक सङ्घको कार्यालयबाट राष्ट्रिय परिचय पत्र बनाउन पाउने भएका छन् ।

पञ्जीकरण विभागले असोज ७ गतेसम्म चिकित्सकहरूका राष्ट्रिय परिचय पत्र सङ्घको कार्यालयबाट बनाउने भएको हो ।

राष्ट्रिय परिचय पत्र बनाउन चिकित्सकहरूले सोमबार बिहान १० देखि बिहीबार दिउँसो ४ बजेसम्म, शुक्रबार बिहान १० देखि १२ बजेसम्म र शनिबार बिहान १० देखि दिउँसो ३ बजेसम्म कागजपत्र उठाउनु पर्ने छ ।

सरकारले सबै नागरिकलाई राष्ट्रिय परिचय पत्र अनिवार्य बनाउन आग्रह गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस