प्रचण्डले आज हर्क साम्पाङसँगै धरानमा वृक्षारोपण गर्ने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

प्रचण्डले आज हर्क साम्पाङसँगै धरानमा वृक्षारोपण गर्ने


१० भाद्र २०७९, शुक्रबार


काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ श्रमदानका कारण देशभर चर्चित छन् । श्रमदानमार्फत स्थानीय तहको विकास निर्माणमा जुटेका उनको अभियानमा साथ दिनेको संख्या दैनिक बढ्दो छ । 

दुई साता अघि काठमाडौँ आएका बेला उनले दलका शीर्ष नेताहरूदेखि मन्त्रीहरूलाई पनि श्रमदानको लागि निम्तो दिएका थिए । खुमलटार पुगेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि उनले श्रमदानको लागि निम्तो दिएका थिए । 

हर्कको निम्तो स्वीकार्दै प्रचण्ड आज धरानको सर्दु जलाधार क्षेत्रमा साम्पाङसँगै वृक्षारोपण कार्यक्रममा सहभागी हुने भएका छन् । दिउँसो १ बजेका लागि सो कार्यक्रम तय भएको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस