काठमाडौँका ३२ वडामै भूमिगत पार्किङको अनुगमन हुने « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

काठमाडौँका ३२ वडामै भूमिगत पार्किङको अनुगमन हुने


१० भाद्र २०७९, शुक्रबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले भूमिगत पार्किङमा अवैध रूपमा चलिरहेका पसलहरूको अनुगमन गर्ने जिम्मा वडा कार्यालयहरूलाई दिएको छ । 

वडा कार्यालयहरूले अनुगमन गरेर रिपोर्ट दिने र हटाउनका लागि सूचित समेत गर्ने गरी महानरले योजना बनाएको हो । 

अहिले काठमाडौँको सीमित क्षेत्रमा मात्रै चलिरहेको यस्तो अभियानलाई ३२ वटै वडासम्म विस्तार गर्ने गरी अनुगमन थाल्न महानगरका मेयर बालेन साहले वडाध्यक्षहरूलाई भनेका छन् । 

वडा कार्यालयले दिएको रिपोर्टअनुसार अवैध संरचना र भूमिगत पार्किङमा चलेका पसलहरू हटाउने महानगरको तयारी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस