महाअभियोग सिफारिस समितिले माग्यो निलम्बित प्रधानन्यायाधीश राणाविरूद्धका प्रमाण « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

महाअभियोग सिफारिस समितिले माग्यो निलम्बित प्रधानन्यायाधीश राणाविरूद्धका प्रमाण


१० भाद्र २०७९, शुक्रबार


काठमाडौँ । संसदको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरूद्धका आरोपका प्रमाणहरू माग गरेको छ ।

समितिको सचिवालयले शुक्रबार सार्वजनिक सूचना जारी गरि तीन दिनभित्र प्रमाण तथा कागजात उपलब्ध गराउन सरोकारवाला व्यक्ति र निकायलाई आग्रह गरेको हो ।

समितिको ८ भदौको बैठकले महाअभियोग लगाइएको आरोपसँग सम्बन्धित विषयमा सरोकारवालासँग प्रमाण, कागजात माग गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार समितिले प्रमाण र कागजात माग गरेको हो ।

चोलेन्द्र शम्शेरविरुद्धको महाअभियोग प्रस्ताव अहिले प्रतिनिधि सभाबाट गठित सिफारिस समितिमा पुगेको छ ।

समितिले काम अघि बढाएको छ । यही भदौ १५ गते चोलेन्द्रसँग सोधपुछ गर्ने मिति तय गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस