दसैँका लागि ३ हजार खसी बोका ल्याइने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

दसैँका लागि ३ हजार खसी बोका ल्याइने


१० भाद्र २०७९, शुक्रबार


काठमाडौँ ।  सरकारले यस वर्षका लागि ३ हजार खसी बोका तथा च्याङ्ग्रा ल्याउने भएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड यस वर्षको दसैँका लागि ३ हजार खसी बोका ल्याउने निर्णय गरेको हो ।

 घटस्थापनाका केही दिनअघि काठमाडौँमा यसरी खरिद गरिएका खसी बोका तथा च्याङ्ग्रा काठमाडौँमा आउनेछन् भने घटस्थापनादेखि कम्पनीले विक्रिवितरण सुरु गर्नेछ ।

गत वर्ष प्रतिकेजी ६ सय ४० रुपैयाँमा खसी बोका विक्री गरिएको भए पनि यस वर्ष भने भाउ बढाउने कम्पनीको तयारी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस