राष्ट्र बैङ्कले २५ अर्बको सरकारी ट्रेजरी बिक्री गर्ने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

राष्ट्र बैङ्कले २५ अर्बको सरकारी ट्रेजरी बिक्री गर्ने


९ भाद्र २०७९, बिहिबार


काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबार सोझै २५ अर्बको सरकारी ट्रेजरी बोलकबोल गर्ने भएको छ ।

बैङ्कले २०७९ पुस मसान्तसम्म भुक्तानी मिति भएको नेपाल सरकारको ट्रेजरी बिल्स साँझै खरिद बोलकबोल गर्ने भएको हो । 

बैङ्कको सूचनाअनुसार बिहीबार दिउँसो ३ बजे ट्रेजरी बिलको बोलकबोल हुनेछ । बिलको बिक्री भने भदौ १० गते शुक्रबार हुनेछ । इच्छुक खरिदकर्ताले बिहीबार दिउँसो ३ बजेसम्म आवेदन लिन सक्नेछन् ।

प्रतिस्पर्धात्मक प्रणालीबाट कट अफ मूल्यमा बोलकबोल हुने ट्रेजरीका लागि खरिदकर्ताले न्यूनतम ५ करोडदेखि ५ करोडले भाग गर्दा निःशेष भाग जाने अङ्क सम्मका लागि माग गर्न सक्नेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस