ट्रयाक्टर पल्टिदा १ युवकको मृत्यु, बालक घाइते « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

ट्रयाक्टर पल्टिदा १ युवकको मृत्यु, बालक घाइते


९ भाद्र २०७९, बिहिबार


डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिका-७ फुल्लेढुंगामा हिजो साँझ ट्रयाक्टर पल्टिदा एक युवकको मृत्यु भएको छ । दुर्घटनामा एक बालक घाइते भएका छन् ।

मृत्यु हुनेमा ट्रयाक्टरमा सवार स्थानीय १७ वर्षीय जीवन भुल रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका सोही ठाउँका नारायण बमका १३ वर्षीय छोरा पारसको उपचार स्थानीय अस्पताल भइरहेको छ ।

हिजो साँझ साढे ६ बजे सुदुरपश्चिम प्रदेश ०१ ००२ त ४७७६ नम्बरको बालुवा बोकेको ट्रयाक्टर अनियन्त्रित भइ सडकबाट करिब १० मिटर तल खसेको थियो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस