भारतलाई नेपालको आग्रह : अग्निपथ योजनामा नेपाली युवा भर्ती नगर्नु « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

भारतलाई नेपालको आग्रह : अग्निपथ योजनामा नेपाली युवा भर्ती नगर्नु


९ भाद्र २०७९, बिहिबार


काठमाडौँ । भारतीय सेनाको ‘अग्निपथ’ योजनामा नेपाली युवा भर्ती नगर्न नेपाल सरकारले भारतलाई आग्रह गरेको छ ।

परराष्ट्र मन्त्री डा. नारायण खड्काले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलाई मन्त्रालयमा बोलाएर नेपाली युवा भर्ती गर्ने योजना स्थगित गर्न आग्रह गरेका हुन् ।

भारतमै विवादित बनेको अग्निपथ योजनाबारे नेपालका सबै दलको एकीकृत धारणा बनाउनुपर्ने भन्दै मन्त्री खड्काले त्यतिन्जेल भर्ती रोक्न आग्रह गरेका थिए । मन्त्री खड्काले बुधबार राजदूत श्री वास्तवलाई मन्त्रालयमै बोलाएर भर्ती रोक्न लगाएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस