युक्रेनमा स्वतन्त्रता दिवस मनाइरहँदा रुसद्वारा रकेट आक्रमण, २२ जनाको मृत्यु « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

युक्रेनमा स्वतन्त्रता दिवस मनाइरहँदा रुसद्वारा रकेट आक्रमण, २२ जनाको मृत्यु


९ भाद्र २०७९, बिहिबार


काठमाडौँ । युक्रेनको एउटा रेल स्टेसनमा रुसले रकेट आक्रमण गरेको छ। युक्रेनले स्वतन्त्रता दिवस मनाइरहेका वेला भएको घटनामा २२ जनाको मृत्यु भएको छ।

पूर्वी शहर चाप्लिनेमा भएको आक्रमणमा एक बालकसहित पाँच जनाको जलेर मृत्यु भएको बताइएको छ।

आक्रमणमा ५० जना घाइते भएका छन्। यो विषयमा रुसले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।

युक्रेनमा रुसले आक्रमण सुरु गरेको बुधबार ६ महिना पुगेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस