सालकको ९ किलो खपटासहित तीन जना पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सालकको ९ किलो खपटासहित तीन जना पक्राउ


९ भाद्र २०७९, बिहिबार


काभ्रेपलाञ्चोक । संरक्षित वन्यजन्तु सालकको आखेटोपहर (खपटा)सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) काठमाडौँ र काभ्रेपलाञ्चोकस्थित इलाका प्रहरी कार्यालय बनेपाको संयुक्त प्रहरी टोलीले अवैधरुपमा ओसारपसार भइरहेको खपटासहित तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–७ का ४९ वर्षीय गोविन्द सेन्चुरी तथा काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–४ का २६ वर्षका सुरज झेडीमगर र महाभारत गाउँपालिका–७ का २५ वर्षीय विमान स्याङ्तान रहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक ढुण्डिराज न्यौपानेले जानकारी दिए ।

उनीहरूलाई बनेपा नगरपालिका–६ को २८ किलोस्थित स्वागत क्याफेमा नौ किलो खपटा खरिद बिक्री गरिरहेको अवस्थामा पक्राउ गरिएको न्यौपानेले बताए ।

पक्राउ गरिएकालाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको र म्याद थप गरी आज जिल्ला वन कार्यालय बुझाइने प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस