महाअभियोग सिफारिस समितिले जबरालाई बयानका लागि बोलायो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

महाअभियोग सिफारिस समितिले जबरालाई बयानका लागि बोलायो


८ भाद्र २०७९, बुधबार


काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विरुद्धको महाअभियोग सिफारिस समितिको बैठकले जबरालाई बयानका लागि बोलाउने निर्णय गरेको छ । 

समितिको बुधबार बसेको तेस्रो बैठकले जबरालाई भदौ १५ गते ११ बजे बयानका लागि बोलाउने निर्णय गरेको समितिका सभापति रामबहादुर विष्टले जानकारी दिए ।

विष्टले जबराअघि अन्य सदस्यहरूसँग पनि बयान लिने काम गरिने बताए । आजको बैठकले समितिको कार्यविधि र कार्यतालिका समेत टुङ्ग्याएको छ । 

समितिले २९ भदौभित्र जबरा विरुद्धको महाअभियोगबारे अध्ययन टुङ्ग्याउने प्रस्ताव गरेको थियो ।  समितिले भदौ १८ वा १९ गते प्रतिनिधिसभामा महाभियोग समितिको प्रतिवेदन पेस गर्ने गरी कार्यतालिका बनाएको पनि विष्टले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस