पुरानो रिसिइबिलाई लिएर झडप हुँदा १० जना घाइते « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

पुरानो रिसिइबिलाई लिएर झडप हुँदा १० जना घाइते


८ भाद्र २०७९, बुधबार


विराटनगर । विराटनगरमा ग्याङ फाइट हुँदा १० जना घाइते भएका छन् ।

मङ्गलवार साँझ दुई पक्षबिच पुरानो रिसिइबिलाई लिएर झडप हुँदा १० जना घाइते भएका हुन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ।

विराटनगर महानगरपालिका–१२ मल्हन्वा टोलमा गोपाल राजवंशी र राजकुमार कामतको समूहबिच झडप भएको प्रहरीले बताएको छ ।

घाइतेको न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अन्यको कोसी अस्पतालमा उपचार भइरहेको छ ।

घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस