निर्वाचन पर्यवेक्षणका लागि आयोगको आह्वान, १५ दिनभित्र आवेदन दिनुपर्ने « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

निर्वाचन पर्यवेक्षणका लागि आयोगको आह्वान, १५ दिनभित्र आवेदन दिनुपर्ने


८ भाद्र २०७९, बुधबार


काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ को पर्यवेक्षणका लागि आह्वान गरेको छ ।

आयोगले मंसिर ४ गते हुने निर्वाचनका लागि राष्ट्रिय संस्थाहरूलाई पर्यवेक्षणका लागि आह्वान गरेको हो ।

पर्यवेक्षण गर्न इच्छुक संस्थाहरूले १५ दिनभित्र आयोगमा पर्यवेक्षण अनुमतिका लागि आवेदन दिनुपर्नेछ ।

निवेदन दिँदा संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपि, संस्थाको विधानको प्रतिलिपि, संस्था नवीकरण भएको निस्साको प्रतिलिपि, संस्थाका कार्यसमितिका पदाधिकारीहरूको विवरण, राष्ट्रिय वा अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षणको अनुभव भए सोको प्रमाण पेस गर्नुपर्नेछ ,

पर्यवेक्षण सम्बन्धमा संस्थाले तयार गरेको ब्रोसर, पुस्तिका, निर्देशिका वा अन्य कुनै प्रकाशन भए सोको प्रति, पहिले निर्वाचन पर्यवेक्षण गरेको भए निर्वाचन पर्यवेक्षण प्रतिवेदन बुझाएको प्रमाण पनि पेस गर्न आयोगले भनेको छ ।

निर्वाचन सम्बन्धी कसुर गरी वा निर्वाचन आचारसंहिता उल्लङ्घन गरी सजाय पाएको संस्था अथवा यसअघि निर्वाचन पर्यवेक्षणका लागि अनुमति प्राप्त गरेर पर्यवेक्षण नगरेका वा पर्यवेक्षण प्रतिवेदन पेस नगर्ने संस्थालाई निर्वाचन पर्यवेक्षण अनुमति नदिइने पनि आयोगले स्पष्ट पारेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस