पल प्रकरण : तनहुँमा मुद्दाको पेसी आज, नवलपुरमा १६ गते, के हाेला फैसला ? « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

पल प्रकरण : तनहुँमा मुद्दाको पेसी आज, नवलपुरमा १६ गते, के हाेला फैसला ?


८ भाद्र २०७९, बुधबार


काठमाडौँ । बलात्कारको अभियोगमा थुनामा रहेका नायक पल शाहको जबरजस्ती करणीविरुद्धको मुद्दाको पेसी तोकिएको छ।

तनहुँ जिल्ला अदालतले ८ भदौका लागि र नवलपुर जिल्ला अदालतले १६ भदौका लागि पे‍सी तोकेको हो ।

बलात्कारको अभियोगमा पुर्पक्षका लागि तनहुँ कारागारमा रहेका पलको मुद्दाको पेसी तोकिएको वरिष्ठ अधिवक्ता कमलमोहन वाग्लेले बताए ।

पेसी तोकिएसँगै तनहुँ अदालतबाट शाहलाई बिना धरौटी छाड्ने, धरौटीमा छोड्ने वा थुनामै राख्ने भन्नेबारे फैसला आउन सक्ने बताइएको छ ।

गत ११ फागुनमा नावालिकमाथि पटक–पटक जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी परेको थियो। त्यसको ४ दिनपछि अभिनेता शाहले १५ फागुनमा जिल्ला प्रहरी कार्यालय, तनहुँमा आत्मसमर्पण गरेका थिए। त्यसपछि शाह तनहुँ जिल्ला प्रहरी कार्यालयमा थुनामा छन्।

Tags :
प्रतिक्रिया दिनुहोस