पहिलो पटक कैदीबन्दीले पनि चुनावमा मतदान गर्दै « प्रशासन
Logo २२ मंसिर २०८०, शुक्रबार
   

पहिलो पटक कैदीबन्दीले पनि चुनावमा मतदान गर्दै


८ भाद्र २०७९, बुधबार


काठमाडौँ । आगामी प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा कैदीबन्दीले पनि मतदान गर्न पाउने भएका छन् । सो चुनावमा २६ हजार १ सय २९ जना कैदीबन्दीले मतदान गर्न पाउने भएका हुन् ।

विभिन्न कसुरमा अदालतबाट दोषी ठहर भई सजाय भुक्तानरत, मुद्दाको किनारा नलागी पुर्पक्षमा रहेका, बिगोर/जरिवाना तथा धरौटी तिर्न नसकी थुनामै रहेका कैदीबन्दीले समानुपातिकतर्फ मतदान गर्न पाउने भएका छन् ।

उनीहरूले प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फ मतदान गर्न पाउने भएका हुन् । यसअघिका निर्वाचनमा खटिएका कर्मचारीले मात्रै समानुपातिक मतदानमा भाग लिन्थे ।

यस पटक निर्वाचन आयोगले कैदीबन्दीलाई पनि मतदान प्रक्रियामा पहिलो पटक सहभागी गराउन लागेको हो । ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकै चरणमा हुँदै छ ।

Tags :
प्रतिक्रिया दिनुहोस