महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्दै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्दै


८ भाद्र २०७९, बुधबार


काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरासम्बन्धित महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्ने भएको छ।

२९ भदौभित्र राणाविरुद्धको महाअभियोगका बारेमा अध्ययन टुङ्ग्याउने प्रस्ताव गरेको सिफारिस समितिको तेस्रो बैठक आज पनि बस्ने भएको हो। बैठक दिउँसो २ बजे बस्नेछ।

मङ्गलवार बसेको सिफारिस समिति बैठकले जबरालाई यसै साता सफाइ पेस गर्न मौका दिने गरी कार्यतालिका तयार पारेको छ। जसअनुसार राणाले समितिसमक्ष यसै साता जवाफ पेस गर्नुपर्ने छ।

समितिले २९ भदौभित्र जबरामाथि लागेको महाअभियोगका बारेमा अध्ययन प्रतिवेदन बुझाउने कार्यतालिका बनाएको छ। प्रस्तावित कार्यतालिका मङ्गलवारको बैठकमा प्रस्तुत भएको थियो।

उता, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने प्रस्तावित कार्यतालिका समय छोटाएर २५ भदौ भित्रै अध्ययन सम्पन्न गरेर प्रतिनिधिसभामा प्रतिवेदन पठाउनुपर्ने अडान राखेको छ। जसमा बुधवारको बैठकमा थप छलफल हुनेछ।

१ फागुन २०७८ मा प्रतिनिधिसभामा दर्ता भएको जबराविरुद्धको महाअभियोगउपर अध्ययन गर्ने २१ फागुनमा सिफारिस समिति गठन गरेको थियो। सो सिफारिस समितिले राणाका बारेमा अध्ययन गर्न जिम्मेवारी भने २२ साउनमा मात्रै पाएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस