यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


८ भाद्र २०७९, बुधबार


काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बुधवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १२७ रुपैयाँ ४९ पैसा र बिक्री दर १२८ रुपैयाँ ०९ पैसा रहेको छ। युरो एकको खरिद दर १२६ रुपैयाँ ४८ पैसा र बिक्री दर १२७ रुपैयाँ ०८ पैसा रहेको छ। आजको विनिमय दर अनुसार युरो भन्दा डलर महँगो भएको छ ।

बेलायती पाउन्ड एकको खरिद दर १४९ रुपैयाँ ८४ पैसा र बिक्री दर १५० रुपैयाँ ५४ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ८४ पैसा र बिक्री दर ३५ रुपैयाँ ०१ पैसा रहेको राष्ट्र बैङ्कले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस