मधेस प्रदेशमा एकैदिन तीन वटा प्रहरी कार्यालय भवन उद्घाटन « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

मधेस प्रदेशमा एकैदिन तीन वटा प्रहरी कार्यालय भवन उद्घाटन


७ भाद्र २०७९, मंगलबार


काठमाडौँ । मधेस प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले एकै दिन तीन वटा प्रहरी कार्यालयको नवनिर्मित भवन उद्घाटन गरेका छन् । मंगलबार धनुषाको जनकपुरधामस्थित मुजेलियामा वडा प्रहरी कार्यालय, महोत्तरीको इटहर्वाकट्टी र लोहरपट्टीस्थित ईलाका प्रहरी कार्यालयको नवनिर्मित भवनको उद्घाटन गरिएको हो ।

प्रहरी कार्यालय भवन उद्घाटन गर्दै मन्त्री साहले सुविधासम्पन्न भवनले प्रहरीलाई जनता, पीडित र सेवाग्राहीको सेवामा थप सहज हुने बताए । उनले समाजमा शान्ति सुरक्षा कायम गर्न, पीडितलाई न्याय दिलाउन प्रहरीको अहम् भूमिका रहने भन्दै मुस्कान सहितको सेवालाई थप प्रभावकारी बनाउन प्रहरीलाई निर्देशनसमेत दिए । 

नवनिर्मित प्रहरी कार्यालयको भवनमा ब्यारेक, भान्छाघर, शौचालय तथा स्नानगृह लगायत सुविधासमेत छ ।

Tags :
प्रतिक्रिया दिनुहोस