निलम्बित प्रधानन्यायाधीश जबराले यसैसाता सफाई पेश गर्नुपर्ने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

निलम्बित प्रधानन्यायाधीश जबराले यसैसाता सफाई पेश गर्नुपर्ने


७ भाद्र २०७९, मंगलबार


काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूमाथि लागेको महाअभियोगका बारेमा यसैसाता सफाई पेश गर्नुपर्ने भएको छ । 

प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले यसैसाता सफाइ पेश गर्न मौका दिने गरी कार्यतालिका तयार पारेपछि निलम्बित प्रधानन्यायाधीश जबराले यसैसाता सफाई पेश गर्नुपर्ने भएको हो ।

जसअनुसार राणाले समिति समक्ष यसैसाता जवाफ पेश गर्नेछन् । समितिले २९ भदौभित्र जबरामाथि लागेको महाअभियोगका बारेमा सफाई पेश गर्ने, अध्ययन प्रतिवेदन बुझाउने कार्यतालिका बनाएको छ । प्रस्तावित कार्यतालिका मंगलबारको बैठकमा प्रस्तुत भएको थियो ।

उता, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने प्रस्तावित कार्यतालिका समय छोटाएर २५ भदौ भित्रै अध्ययन सम्पन्न गरेर प्रतिनिधिसभामा प्रतिवेदन पठाउनुपर्ने अडान राखेको थियो । सिफारिस समितिको तेस्रो बैठक पुनः बुधवार बस्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस