बाँझो जग्गामा खेती गर्ने किसानलाई प्रति रोपनी २ हजार « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बाँझो जग्गामा खेती गर्ने किसानलाई प्रति रोपनी २ हजार


७ भाद्र २०७९, मंगलबार


काठमाडौँ । बाग्लुङको ताराखोला गाउँपालिकाले बाँझो खेतमा खेती गर्ने किसानलाई प्रति रोपनी २ हजार दिने भएको छ । बाँझो जमिन खेतीपाती गर्न कृषकलाई प्रोत्साहन स्वरूप प्रति रोपनी २ हजार दिने भएको हो ।

ताराखोला गाउँपालिकाका कृषि शाखा प्रमुख कृष्णखर भट्टराईका अनुसार खेती योग्य जमिन बाझिँदै गएको र उत्पादन घट्दै गएपछि पालिकाले कृषकलाई प्रोत्साहन गर्नका लागि सो कार्यक्रम अघि ल्याएको हो ।

यसैगरी, पालिकाले मिनिटेलर, धान गहुँ, कोदो चुटुनो थे्रेसर मेसिन पनि किसानलाई वितरण गर्दैछ ।

Tags :
प्रतिक्रिया दिनुहोस