घरको तीन तलाबाट खसेर कीर्तिपुरमा एकको मृत्यु  « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

घरको तीन तलाबाट खसेर कीर्तिपुरमा एकको मृत्यु 


७ भाद्र २०७९, मंगलबार


काठमाडौँ । घरको तीन तलाबाट खसेर काठमाडौँको कीर्तिपुरमा एक जनाको मृत्यु भएको छ। 

कीर्तिपुर पाँगा बस्ने एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। 

मृत्यु हुनेमा ३६ वर्षीय शिव महर्जन छन्। उनी सोमबार बिहान ७ बजे आफ्नै घरको तीन तलाबाट खसेका थिए। 

उनको उपचारको लागि कीर्तिपुर अस्पताल लगिएको थियो। 

त्यहाँ उपचारको क्रममा मंगलबार दिउँसो सवा १ बजे मृत्यु भएको प्रहरी उपरीक्षक मैनालीले बताए। 

घटनाको थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस