काठमाडौँमा बढ्दै हैजा, संक्रमितको संख्या ६४ पुग्यो « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

काठमाडौँमा बढ्दै हैजा, संक्रमितको संख्या ६४ पुग्यो


७ भाद्र २०७९, मंगलबार


काठमाडौँ। काठमाडौँमा हैजा संक्रमितको संख्या बढ्दै गएको छ । उपत्यकाका १३ पालिकासँगै नुवाकोटको ककनी र धादिङको थाक्रे गाउँपालिकामा गरी हैजा संक्रमितको संख्या ६४ पुगेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौँ महानगरपालिकामा सबैभन्दा धेरै ३२ जना  तथा काठमाडौँ जिल्लाका नौ पालिकामा गरी ५३ जनामा हैजा पुष्टि भएको छ ।

ललितपुरका दुई पालिकामा ६ र भक्तपुरका ३ पालिकामा ३ जनामा हैजा पुष्टि भएको छ । त्यस्तै नुवाकोटको ककनी र धादिङको थाक्रे गाउँपालिकामा एक एकजनामा हैजा पुष्टि भएको छ ।

हालसम्म परीक्षण गरिएकामा धारा, ट्युबवेल, जारलगायत सबै स्रोतका पानीमा हैजा फैलाउन सक्ने जीवाणु भेटिएकाले पानी उमालेर मात्रै पिउन महाशाखाले अनुरोध गरेको छ । साथै एक पटक वा एक सिजनमा मात्रै नभई हरेक पटक पिउने पानी शुद्धीकरण गर्न महाशाखाको अनुरोध छ । 

Tags :
प्रतिक्रिया दिनुहोस