नेप्सेमा सामान्य अंकको वृद्धि, एक अर्ब ३३ करोडको कारोबार « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

नेप्सेमा सामान्य अंकको वृद्धि, एक अर्ब ३३ करोडको कारोबार


७ भाद्र २०७९, मंगलबार


काठमाडौँ । साताको तेस्रो कारोबार आज मंगलबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य वृद्धि भएको छ ।

सुरुवाती दुई दिन लगातार घटेको नेप्से परिसूचक साताको तेस्रो कारोबार दिन १.८१ अंकले बढेर बन्द भएको छ । आज ०.०९ प्रतिशतले बढेर नेप्से २०५४.९५ को बिन्दुमा पुगेको छ ।

आज २२२ कम्पनीका ४० लाख ३१ हजार २५ कित्ता सेयर किनबेच भएको छ । कारोबार अवधिभर १ अर्ब ३३ करोड ३५ लाख ६० हजार ८५७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज सेन्सेटिभ इन्डेक्स ०.१५ प्रतिशतले बढेर ३९७.६९ को बिन्दुमा पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस