मन्दिरको दान पेटिका चोरी गर्ने एक जना पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मन्दिरको दान पेटिका चोरी गर्ने एक जना पक्राउ


७ भाद्र २०७९, मंगलबार


पक्राउ

काठमाडौँ । कास्कीको पोखरा महानगरपालिका–२ विन्ध्यवासिनी मन्दिरमा राखिएको नगदसहितको दान पेटिका चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोही महानगरपालिका–२५ भोटेक्याम्प हेम्जा बस्ने ३० वर्षीय जिम्मी दोर्जे रहेका छन् ।

उक्त मन्दिरमा रहेको दान पेटिका चोरी भएको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट प्रहरी खटिएको प्रहरी टोलीले जिम्मीलाई दान पेटिकासहित पक्राउ गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस